ताजा समाचार


जनकपुरमा ‘श्रीवाहन’ एप माघ १५ गतेदेखि प्रयोग गर्न सकिने

द रियल समाचार     २०७७ माघ १०, शनिबार, १८: ३१ मा प्रकाशित





जनकपुरधाम । श्रीवद्र्धन ग्रुप अफ कम्पनीले जनकपुरधाममा सवारी साधन पाउने र यात्रु पाउने समस्या समाधान गर्ने उद्देश्यले ‘श्रीवाहन’ एपको विकास गरेको छ ।

कम्पनीले यात्रुलाई आफू रहेकै स्थानमा सहज हिसाबले सवारी साधन उपलब्ध गराउन र चालकहरुले समेत यात्रु पाउने समस्या समाधान गर्नका लागि एपको विकास गरेको हो । सवारी पाउनका लागि श्रीवाहन र यात्रु पाउनका लागि राइडर एपको विकास गरिएको श्रीवद्र्धन ग्रुप अफ कम्पनीजका सञ्चालक राकेश कुमार झाले जानकारी दिए । उनले यी दूबै एप प्ले स्टोरमा गएर सहजै रुपमा डाउनलोड गर्न सकिने बताए ।


झाले यो एप विकास गर्ने लक्ष्य सन २०१६ मै लिएपनि गुगल म्यापिङ्गको समस्या रहेकाले सो समयमा यो एप विकास गर्न नसकेको बताए ।
यो एपको सुविधा लिनका लागि सार्वजननिक सवारी साधन चलाउने चालकहरुले रजिष्ट्रेशन गराउनुका साथै यो एप डाउनलोड गर्नुपर्ने छ । झाले डाउनलोड गरिएको एप मोबाइलको डाटा अन भए मात्रै काम गर्ने बताए । उनले यो कम्पनीमा रजिष्ट्रेशन गराएका चालकहरुलाई सुविधा वापत आफ्नो कमाईको १५ प्रतिशत कम्पनीलाई बुझाउनु पर्ने जानकारी दिए ।

उनले भने,‘कम्पनीले चालकको बालबालिकाको अध्ययनमा समेत रकमको १० प्रतिशत सहयोग गर्नेछ । साथै स्वास्थ्य सेवा सम्बन्धि समेत सुविधा समेत उपलब्ध गराउने छ ।’ यात्रु तथा चालकले यो एपको सुविधा माघ १५ गतेदेखि प्रयोग गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top