ताजा समाचार


कोरोनाविरुद्धको खोप आइतबारसम्म सातवटै प्रदेशमा पठाइने

द रियल समाचार     २०७७ माघ १०, शनिबार, १८: ०७ मा प्रकाशित




काठमाण्डौ । भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’ आइतबारसम्म सातवटै प्रदेशमा पठाइने बताइएको छ ।

यी खोपहरु आईतबारसम्म सातवटै प्रदेशमा पठाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । उनले प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण गरिने बताए । पहिलो चरणको खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ । सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० अस्पतालबाट खोप लगाइने बताइएको छ ।

सरकारले पहिलो चरणमा कोरोना संक्रमण नियन्त्रणका लागि अग्र भागमा रहेर काम गर्नेलाई खोप लगाउने तयारी गरेको छ । सुरूमा यो खोप स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरु, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय निकायबाट खटाइएका सफाइकर्मीलाई लगाइनेछ ।

पहिलो खोप लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने मन्त्रालयका प्रवक्ता डा.गौतमले बताए । खोप लगाउन शुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top