ताजा समाचार


सर्लाहीबाट हतियारसहित एकजना पक्राउ

द रियल समाचार     २०७७ माघ १०, शनिबार, १४: ४७ मा प्रकाशित




सर्लाही । प्रहरीले सर्लाहीबाट हतियारसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर–८ बस्ने ५० वर्षीय अरुण मिश्र रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मदन कुँवरले जानकारी दिए ।

मिश्रलाई जिल्लाको कविलासी नगरपालिका–१० चमेलीमाइबाट ७.६५ एमएम लेखिएको एक थान पेस्तोलसहित पक्राउ गरिएको डीएसपी कुँवरले बताए । मिश्रलाई आवश्यक कारवाहीका लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top