ताजा समाचार


रुपन्देहीस्थित निर्माणाधीन खानेपानी आयोजनाको पाइपमा आगलागी

द रियल समाचार     २०७७ माघ १०, शनिबार, १४: ३६ मा प्रकाशित




बुटवल । रुपन्देहीस्थित एक खानेपानी पाइपको थुप्रोमा आज मध्यान्ह आगलागी भएको छ । जिल्लाको तिलोत्तमा–४ स्थित सीमानगरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत निर्माणाधीन शंकरनगर खानेपानी तथा सरसफाइ संस्थाको ओभरहेड टंकी परिसरमा राखिएको पाइपमा आगलागी भएको हो ।

बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाबाट गएको तीनवटा दमकलले आधा घण्टा पछि आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक प्रतितसिंह राठौरले जानकारी दिए ।

आगलागीबाट लाखौं मूल्य बराबरको पाइप जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top