ताजा समाचार


आकाशमा उडेर मलेसिया पुगेका १८ नेपाली बाकसमा बन्द भएर नेपाल आए

द रियल समाचार     २०७७ माघ १०, शनिबार, १४: १८ मा प्रकाशित




काठमाण्डौ । वैदेशिक रोजगारीका लागि मलेसिया गएर मृत्यु भएका १८ जना नेपालीको शव शनिबार नेपाल ल्याइएको छ । विभिन्न मितिमा मृत्यु भएका उनीहरुको शव शनिबार बिहान नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत नेपाल ल्याइएको हो ।

मलेसियास्थित नेपाली दूतावासले मलेसियामा मृत्यु भएका नेपालीको शव ल्याउन निगमलाई आग्रह गरेअनुसार परराष्ट्र र पर्यटन मन्त्रालयसँग सहकार्य गरी निगमले मृतकहरुको शव नेपाल ल्याएको हो ।


एयरलाइन्सले सामाजिक उत्तरदायित्वअनुसार सो शव ल्याउने निर्णय गरेको थियो भने त्यसका लागि शुक्रबार एयरलाइन्सको वाइडबडी जहाज त्यसतर्फ उडेको थियो ।


निगमको जहाजमा ल्याइएको शव आजै आफन्तलाई जिम्मा लगाइएको छ । शव लिनका लागि विमानस्थल पुगेका मृतकका आफन्तहरु निराश र भावविह्वल भएका थिए ।

तस्बिरहरु : रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top