ताजा समाचार


भङ्गहा नगरपालिकामा आयोजना हुन लागेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

द रियल समाचार     २०७७ माघ १०, शनिबार, १३: २९ मा प्रकाशित




जनकपुरधाम । महोत्तरीको भङ्गहा नगरपालिकामा आगामी शनिबारदेखि आयोजना हुन लागेको मेयर गोल्ड कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

भङ्गहा नगरपालिकाको आयोजना तथा नेशनल युवा क्लव भङ्गहा–५ को सह–आयोजनामा हुन लागेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो । पहिलो खेलमा माघ १७ गते त्रिभुवन आर्मी क्लव काठमाण्डौ र धरान फुटवल क्लब धरानबीच प्रतिष्पर्धा हुने तालिकामा उल्लेख छ । त्यस्तै १८ गते दोस्रो खेल नेपाल एपीएफ क्लव काठमाण्डौ र सतासीधाम स्पोटिङ्ग क्लब झापाबीच हुनेछ ।

यस्तै सोमबार लेखनाथ यूनाइटेड क्लब पोखरा र बेङ्गखाडी युवा क्लब महोत्तरीबीच हुने भएको छ भने मंगलबार एफ.सी विजय युथ क्लब हेटौंडा र बागमती यूवा क्लब सर्लाहीबीच हुने आयोजक भङ्गहा नगरपालिकाले जनाएको छ । भङ्गहा नगरपालिका–५ सीतापुर बजारस्थित उच्च माध्यमिक विद्यालय भङ्गहाको मैदानमा हुने फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल माघ २१ गते बुधबार हुनेछ भने दोस्रो सेमिफाइनल माघ २२ गते बिहीबार हुने आयोजक भङ्गहा नगरपालिकाका मेयर सञ्जिव साहले जानकारी दिए । त्यस्तै फाइनल खेल माघ २४ गते सोही मैदानमा हुने उनले बताए ।

मेयर साहले प्रत्येक खेलमा दिउँसो १ बजे ग्राउण्ड रिपोटिङ्ग र दिउँसो २ः१५ बजे किकअफ हुने जानकारी समेत दिए । खेलमा फाइनल बिजेता टिमलाई पुरस्कार स्वरुप ५ लाख नगदसहित मेडल र प्रमाणपत्र समेत दिइने छ भने उप–विजेता टिमलाई १ लाख नगद, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top