दाङ । दाङमा एक पुरुषको विभत्स हत्या गरिएको छ । जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर–६ पथ्थरगढवाका ४० वर्षीय मोतिलाल चौधरीको विभत्स हत्या गरिएको हो ।
मोतिरामसँगको पुरानो रिसीबिका कारण आफ्नै छिमेकीहरुले उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनको हत्या गरेको आरोपमा गाउँकै ३३ वर्षीय मोतिराम चौधरी, उनका ठूला बुवा र काकाका छोराहरु ४८ वर्षीय मनिराम र ३८ वर्षीय धनबहादुर चौधरी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दका अनुसार तीनै जनाले मोतिरामलाई घरभित्रै घुसेर विभत्स हत्या गरि घरदेखि ६ सय मिटर टाढा घिसार्दै लगेर कुलोमा फालेको अवस्थामा माघ ८ गते बिहान शव फेला परेको थियो । एसपी चन्दले घटना बुधवार मध्यराततिर घटेको जानकारी दिए ।
उनले भने,‘मोतिलालसहित तीन काका भतिज मिलेर घरभित्र सुतेका मोतिरामलाई घर भित्रै घुसेर निकाली लाठी र दाउराको चिर्पटले प्रहार गरि मकैबारीमा हत्या गरेपछि राति नै घिसार्दै लगेर कुलोमा शव फालेको अनुसन्धानबाट खुल्न आएको छ ।’ मोतिलालसँगको पुरानो रिसीबिका कारण उनीहरुबिच बोलचाल पनि थिएन । सोही पुरानो रिसिबीलाई नै हत्याको प्रमुख कारण जस्तो देखिन आएको प्रहरीले बताएको छ ।
पक्राउ परेका तीनै जना घटना लगतै फरार रहेका थिए । तर उनीहरु सबै फेरि माघ ८ गते मध्यरातमा घरमा आएको खवर पाएलगत्तै प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेका तीनै जना विरुद्ध ज्यान मार्ने मुद्धामा दाङ देउखुरी जिल्ला अदालतबाट थप अनुसन्धानका लागि शुक्रवार १० दिनको म्याद थप भएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया