सिरहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया नगरपालिका-५ स्थित जिवाखोला पुलमा फेला परेको प्रेसरकुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।
अज्ञात समूहले खोलाको पुलमा राखेको बम स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सिरहाको चोहर्वास्थित श्री शेर गणबाट गएको नेपाली सेनाको टोलीले उक्त बम डिस्पोज गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरिक्षक शालिग्राम शर्माले बम कसले र किन राखेको भन्ने बिषयमा अहिलेसम्म केहि खुल्न नसकेको बताए ।
कुकुरमा टेप टाँसेर तार जडित वस्तु जिवाखोलाको पुलमा फेला परेपछि स्थानीय त्रसित बनेका थिए।
खोलामाथि बम भेटेपछि पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन समेत घण्टौंसम्म बन्द गरिएको थियो ।
तस्बिर : सञ्चारकर्मी मुकेश स्वामी
प्रतिक्रिया