ताजा समाचार


जानकी मेडिकल कलेजका कर्मचारीको समस्या अझै समाधान भएन !

द रियल समाचार     २०७७ माघ १०, शनिबार, १०: २२ मा प्रकाशित




जनकपुरधाम । जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीहरु विगत ५ दिनदेखि रिले अनसनमा छन् ।

कलेज व्यवस्थापनले आन्दोलनरत्त कर्मचारीसँग गरेको सहमति कार्यान्वयन नगरि श्रम शोषण गरेको भन्दै कर्मचारीद्धय जानकी शरण यादव र कुलदिप साहले पूर्वघोषित कार्यक्रम अनुसार माघ ५ गतेदेखि रिले अनसन सुरु गरेका थिए ।

कलेजमा कार्यरत १२५ कर्मचारी मध्ये १ सय जना कर्मचारी आन्दोलनमै रहेको कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक उमेश यादवले बताए ।

उनले रिले अनसन सुरु गरिएको दिनदेखि नै प्रत्येक दिन दुईजनाको टिम बनाएर अनसन जारी राखिएको जानकारी दिए ।

यसअघि पनि उनीहरु कलेजमा कार्यरत कर्मचारी, चिकित्सक तथा फ्याकेल्टिहरु बीच तलब भत्ता, सञ्चयकोष, दशैं भत्ता लगायतका बाँकी बक्यौता भुक्तानी एवं संस्था सुदृढिकरणका लागि विभिन्न मितिमा भएका सम्झौता र प्रतिबद्धताहरु कार्यान्वयन गर्न कात्तिक १६ गतेदेखि मंसिर १३ गतेसम्म आमरण अनसनमा बसेका थिए ।

पछिल्लो पटक २८ दिनसम्म आमरण अनसनमा बसेका कर्मचारीद्वय यादव र साहले ३ बुँदे सहमति पश्चात गत मंसिर १३ गते अनसन तोडेका थिए । तर, सो त्रिपक्षीय सहमति आजको मितिसम्म पनि संस्था सञ्चालक पक्षद्वारा कार्यान्वयन नगरिएकोले बाध्य भएर आफुहरुले आजदेखि फेरि दोश्रो पटक रिले अनसन सुरु गरेको उनीहरुले बताए ।

यसअघि पनि मंसिर १७ गते भित्र कलेज र कर्मचारीबीचको समस्या समाधान गर्न दुबै पक्षबाट २/२ जना प्रतिनिधि र धनुषा जिल्लाका स्वास्थ्यकर्मीहरुको अधिकारिक ट्रेड युनियनका अध्यक्षहरु सम्मिलित कार्यदल गठन गरी सम्पूर्ण समस्यामाथि छलफल गरी निराकरण गर्ने सहमति भएको थियो । कलेज प्रशासनले विगतमा गरेका सम्झौताहरु कार्यान्वयन नगरेको भन्दै कर्मचारीहरुले आकस्मिक बाहेकका सबै सेवाहरु गत असोज १२ गतेदेखि नै ठप्प गरेका थिए ।

उनीहरुले कलेजले आफूहरुको विगत ६ वर्षदेखिको सञ्चय कोष, पाँच वर्षको दशैं खर्च र नियमित तलब भत्ता दिनुपर्नेलगायतका मागहरु राख्दै एक महिनासम्म धर्ना समेत दिएको संयोजक यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top