ताजा समाचार


मोटरसाईकललाई यात्रुबाहक बसले ठक्कर दिँदा दुई युवकको मृत्य

द रियल समाचार     २०७७ माघ १०, शनिबार, ००: ०४ मा प्रकाशित




सिरहा । सिरहामा मोटरसाईकललाई यात्रुबाहक बसले ठक्कर दिँदा दुई युवकको मृत्यू भएको छ ।

शुक्रबार बेलुका करिव पौने आठबजे कर्जन्हा नगरपालिका वडा नम्बर-१० प्रयागपुरस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाईकललाई यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाईकलमा सवार दुबै युवकको घटनास्थलमै मृत्यू भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाईकल चालक धनुषाको सबैला नगरपालिका वडा नम्बर-१३ बस्ने १८ वर्षीय सचिन महतो र मोटरसाईकलको पछाडी सवार २३ वर्षीय सुशिल महतोको मुत्यू भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका इन्चार्ज प्रहरी नायव उपरिक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

धनुषाबाट पूर्वतर्फ गईरहेको ज.८ प.६४८४ नम्बरको मोटरसाईकललाई विपरित दिशातर्फबाट आउँदै गरेको ना.५ ख.५२४५ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको थियो ।

मोटरसाईकललाई ठक्कर दिएर तिब्र गतिमा कुदाएको बसलाई चालक सहित प्रहरीको सहयोगमा धनुषाको ढल्केवरमा समातिएको थियो ।

तस्बिर : सांकेतिक 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top