काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा प्रदेश नम्बर २ सहित गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा निर्वाचन हुने बताएका छन् ।
ओलीले दोस्रो चरणमा प्रदेश नम्बर सहित वाग्मती र कर्णाली प्रदेशमा निर्वाचन हुने जानकारी दिए । उनले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित सम्पन्न हुने समेत बताए । उनले भने,‘मुलुक निर्वाचनको तयारीमा लागेको छ । सुरक्षा निकायले अहम् भूमिका निर्वाह गर्ने बेला आएको छ । यसको औपचारिक निष्कर्ष भने बाँकी रहेको छ ।’
सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसको अवसरमा आज काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अगामी बैशाख १७ र २७ गते दुईचरणमा हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैको उत्तिकै दायित्व रहने बताए ।
प्रधानमन्त्री ओलीले सुरक्षा निकायलाई निष्पक्ष र विधिसम्मत तरिकाले अघि बढ्न आग्रह समेत गरे ।
प्रतिक्रिया