ताजा समाचार


घुस लिएको आरोपमा जिल्ला अदालत रुपन्देहीका २ कर्मचारी पक्राउ

द रियल समाचार     २०७७ माघ ९, शुक्रबार, १९: ४० मा प्रकाशित




काठमाण्डौ । सेवाग्राहीसँग घुस लिएको आरोपमा जिल्ला अदालत रुपन्देहीका दुईजना कर्मचारी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिएको आरोपमा अदालतका नापी सर्वेक्षकद्वय सुमित चौलागाई र मनोज थापालाई नियन्त्रणमा लिएको हो ।

जग्गा सम्बन्धी मुद्दाको नापजाँचमा सहजीकरण गरिदिने भन्दै उनीहरुले सेवाग्राहीसँग उक्त रकम लिइसकेको अवस्थामा रुपन्देही कोटहीमाई गाउँपालिका–१ बोगडियाबाट नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

पक्राउ परेका दुबैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top