ताजा समाचार


मैथिली ब्राम्हण समाज नेपालद्धारा कम्बल वितरण

द रियल समाचार     २०७७ माघ ९, शुक्रबार, १६: ४३ मा प्रकाशित




जनकपुरधाम । जाडोका कारण गरीब तथा विपन्न परिवारहरु समस्यामा परेको अवस्थालाई दृष्टिगत गर्दै मैथिली ब्राम्हण समाज नेपालले धनुषाको विभिन्न स्थानमा कम्बल वितरण गरेको छ ।

ब्राम्हण समाजले आज जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० स्थित देवपुरा र नगराइन नगरपालिका–९ घोडघासका ३३ विपन्न परिवारमा कम्बल बाँडेको हो । समाजका अध्यक्ष कौशलेन्द्र मिश्रको पहलमा घरघरमा पुगेर कम्बल वितरण गरिएको समाजका केन्द्रिय सदस्य सुजित कुमार मिश्रले जानकारी दिए ।


कम्बल वितरण कार्यक्रममा मैथिली ब्राम्हण समाज नेपालका सह–संयोजक शम्भु नाथ झा, सदस्य बिजेता झाको समेत उपस्थिति रहेको थियो । जाडोका कारण धनुषा, महोत्तरीलगायतका जिल्लाहरूको जनजिवन प्रभावित भएको छ ।


तस्बिरहरु : सुजित मिश्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top