ताजा समाचार


शिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्कँदा एक बालकको मृत्यु

द रियल समाचार     २०७७ माघ ९, शुक्रबार, १५: ०२ मा प्रकाशित




पाल्पा । पाल्पामा शिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्कँदा एक बालकको मृत्यु भएको छ । जिल्लाको रिब्दिकोट गाउँपालिका वडा नम्बर–८ दानसिङडाँडाको चिलाउनेपानी सामुदायिक वनमा भरुवा बन्दुक पड्कँदा सोही ठाउँ बस्ने १३ वर्षीय बालक लक्ष्मण छहारीको मृत्यु भएको हो ।

बिहीबार राति ति बालक सहित अन्य ४ जना वनमा सिकार खेल्न गएका थिए । सिकार खेल्ने क्रममा बन्दुक पड्कँदा राति करीब ९ बजे छहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृतक छहारीसँगै सिकार खेल्न गएका रैनादेवी छहरा गाउँपालिका–४ भर्माटुङका १७ वर्षीय ज्ञानबहादुर गाहा, सोही स्थानका १४ वर्षीय कमल राना र रिब्दीकोट गाउँपालिका–८ दानसिङडाँडाका १३ वर्षीय देवबहादुर गाहालाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top