बाँके । बाँकेको सुर्खेतस्थित भेरी अस्पतालमा कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–९ बस्ने ७१ वर्षीय बृद्धको उपचारको क्रममा शुक्रबार बिहान करिव ६ बजे मृत्यु भएको बताइएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको सल्लाह अनुसार उनी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए । पुस २७ गते उनको परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
संक्रमण पुष्टि भएपछि सोहि दिन उनलाई भेरी अस्पतालको आइसोलेसन वार्डमा सारिएको थियो । उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया