ताजा समाचार


कोरोना संक्रमणबाट पोखरामा एक युवतीको मृत्यु

द रियल समाचार     २०७७ माघ ९, शुक्रबार, १४: २७ मा प्रकाशित




पोखरा । कोरोना संक्रमणबाट पोखरामा एक युवतीको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१ बस्ने २५ वर्षीया एक युवतीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचारको क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत युवतीको बिहीबार राति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा.बिनोद बिन्दु शर्माले जानकारी दिए ।युवतीको स्वास्थ्यमा समस्या देखिएपछि उनको कोरोना परिक्षण गरिएको थियो । उनलाई माघ ५ गते संक्रमण पुष्टि भएको थियो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top