ताजा समाचार


संसद विघटन विरुद्ध काठमाण्डौमा दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन

द रियल समाचार     २०७७ माघ ९, शुक्रबार, १४: १५ मा प्रकाशित




काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली असंवैधानिक ढङ्गले संसद विघटन गरेको भन्दै त्यसको विरोधमा काठमाण्डौमा दाहाल–नेपाल समूहले आज शक्ति प्रदर्शन गरेको छ ।

काठमाण्डौ उपत्यकालगायत देशभरिबाट कार्यकर्ता उतारेर दाहाल–नेपाल समूहले काठमाण्डौमा शक्ति प्रदर्शन गरेको हो । दाहाल–नेपाल समूहले काठमाण्डौको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निकालेका थिए । बिभिन्न स्थानबाट निकालिएको जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत भएको थियो ।

सो मूल जुलुस पुनः रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने बताइएको छ । जुलुसमा सहभागीहरुलाई पार्टीले तोकेका नारामात्र लगाउन निर्देशन दिएको छ ।
यसैबिच दाहाल–नेपाल समूहको शक्ति प्रदर्शनका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । ट्राफिक व्यवस्थापन प्रभावित भएपछि सर्वसाधारणहरु हिँडेरै गन्तव्यतर्फ लागेका छन् ।


महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले र्याली र सभा हुने स्थानमा चल्ने सार्वजनिक सवारी साधन रोकिएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top