जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर-२ का वडाध्यक्ष भोगी पाठकको निधन भएको छ ।
५५ वर्षीय पाठकको उपचारको क्रममा भारतको मधुबनीमा आज बिहान निधन भएको हो । उनी अकस्मात बिरामी भएपछि बिहीबार उपचारका लागि मधुवनी लगिएको थियो ।
वडाध्यक्ष पाठक यसअघि कोरोना पोजेटिभ भएपछि गत चैतको अन्तिम साता गाउँकै क्वारेन्टिनमा बसेका थिए ।
पाठक नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया