ताजा समाचार


महोत्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

द रियल समाचार     २०७७ माघ ९, शुक्रबार, ००: २१ मा प्रकाशित




जनकपुरधाम । महोत्तरीमा नेपाली कांग्रेसको विरोध प्रदर्शनमा सहभागी भई घर फर्किने क्रममा ट्रयाक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

बिहीबार साँझ करिव ६ बजे महोत्तरीको लोहारपट्टी नगरपालिका-४ मा नम्बर खुल्न नसकेको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा गाडीमा सवार सोही नगरपालिका-८ बस्ने ५५ वर्षीय जगदा माझी मुसहरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

नेपाली कांग्रेसले आयोजना गरेको वडास्तरिय विरोध प्रदर्शनमा सहभागी भई घर फर्किने क्रममा तिब्र गतिका कारण सो दुर्घटना भएको बताइएको छ । ट्रयाक्टरमा सवार व्यक्तिहरु खुट्टापिपराढी हुँदै लोहारपट्टी गईरहेका थिए ।

दुर्घटना पश्चात ट्रयाक्टरका चालक फरार भएको र उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

मृतक माझीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर लगिएको छ । ट्रयाक्टरमा कतिजना सवार थिए भन्नेबारे केहि खुल्न सकेको छैन् ।

तस्बिर : बिमलेश माझी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top