जनकपुरधाम । तराई मधेशमा कठ्याङग्रिदो जाडोका कारण सर्वसाधारणको जनजीवन कष्टकर बनिरहेको अवस्थालाई दृष्टिगत गर्दै जनकपुरधाममा गरीब एवं अतिविपन्न परिवारका व्यक्तिहरुलाई खाद्यान्न सामग्रीका साथै लत्ताकपडा एवं कम्बल वितरण गरिएको छ ।
नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपले जनकपुरधामको बलबाटोलका १ सय २५ जना मुसहर समुदायलाई जाडोबाट बच्न सहयोगीसिद्ध हुने सामग्रीहरु प्रदान गरेको हो । नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्षा सृजना थापाले सो समुदायलाई जनही पच्चीस किलो चामल, पांच किलो दाल, एक किलो नून, खाने तेल, कम्बल, बालबालिकालाई कपडा प्रदान गरेकी छन् ।
कार्यक्रममा २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरीका चन्द्रप्रकाश गौतम, राष्ट्रिय अनुसन्धानका हरिहर पौडेल, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र प्रहरी उपरीक्षक प्रकाश राणाभाट, समाजसेवी अमरचन्द्र अनिल लगायतकाहरुको उपस्थिती रहेको थियो ।
तस्बिरहरु : सञ्चारकर्मी कुलदिप दास “प्रेम”
प्रतिक्रिया