ताजा समाचार


हामी कालो होइन् रातो झण्डा फहराउँछौं : प्रधानमन्त्री ओली

द रियल समाचार     २०७७ माघ ८, बिहीबार, १५: ४५ मा प्रकाशित




काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरु रातो झण्डा फहराउने व्यक्ति रहेको बताएका छन् ।

बिहीबार काठमाण्डौमा प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पेरिसडाँडामा जस्तो कालो झण्डा फहराउने नभई आफुहरु रातो झण्डा फहराउने व्यक्ति भएको बताए । उनले भने,‘हामी रातो झण्डा फहराउने हौं, पेरिसडाँडामा जस्तो कालो झण्डा फहराउने होइनौ, सडकमा रातो, उज्यालो झण्डा फहराउँछौ । कालो होइन । हामीलाई कसैसँग प्रतिशोध लिनुपर्ने छैन ,देश बनाउनु छ । सुशासन गर्दै भ्रष्टाचार समाप्त पार्नुछ । देश बनाउन यी गन्तव्यतर्फको यात्रा तय गर्नुछ ।’

उनले आफुलाई यो काम गर्न नदिन बाटो छोड्न दवाव दिइरहेको भन्दै त्यसरी बाटो नछोड्ने बताए । समाजमा विभिन्न प्रकारका तत्व हुने भन्दै उनीहरुले जनतालाई सिनेमा देखाइरहेको उनले बताए । ‘समाजमा विभिन्न किसिमका तत्व हुन्छन्, तिनिहरु सिनेमा देखाउँछन् । सिनेमामा हिरो हिरोइन हुन्छ, लभ परेको हुन्छ, हिरोइन घाइते हुन्छे । हिरो रुन्छ । वास्तममा त्यो केही पनि होइन । त्यो सबै तमासा हो’ पुष्पकमल दाहाल र माधव नेपालतर्फ संकेत गर्दै ओलीले उनीहरुले तमासा र सिनेमा देखाइरहेको बताए ।

मानिसमा तीनवटा पक्ष विद्धता, बुद्धि र मति हुने भन्दै उनले देश बनाउने हो भने मति ठिक ठाउँमा राख्नुपर्ने समेत बताए । ‘मति ठिक ठाउँमा भएन भने बुद्धिमान मतिभ्रष्ट भयो भने खतरानाक हुन्छ । बुद्धिमान चोर भए प्रहरीले पनि पक्रन सक्दैन’ प्रधानमन्त्री ओलीको तर्क थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top