सप्तरी । सप्तरीमा केपी शर्मा ओली नेतृत्वको नेकपा समुहले गर्न लागेको कार्यक्रम बिथोल्न खोज्ने दाहाल-नेपाल समुहका ९ जना नेता कार्यकर्ता पक्राउ परेका छन ।
नेकपा ओली समुहको जिल्ला युवा संघले राजविराजमा निकालेको रयाली बिथोल्न खोज्दा प्रहरीले दाहाल-नेपाल समुहका कार्यकर्ताहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा दाहाल-नेपाल समुहका जिल्ला कमिटी सदस्य राजु जैसवाल, छेदी रजक, बिद्यार्थी नेता छोटे लाल यादव, मुकेश यादव, प्रेम कुमार यादव,भुपेन्द्र यादव, बिनोद यादव, बमबम झा लागयतकाहरु रहेका छन् ।
राजविराजस्थित जनआन्दोलन चोकमा नाराबाजी गरिरहेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले जानकारी दिए । पक्राउ परेकाहरुलाइ जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।
यता, दाहाल-नेपाल समुहले भने पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरुलाइ अविलम्ब रिहा गर्नुपर्ने माग गरिरहेका छन् ।
प्रतिक्रिया