ताजा समाचार


नेपाली काँग्रेसले आज देशभरका ६ हजार ७४३ वडामा विरोध प्रदर्शन गर्दै

द रियल समाचार     २०७७ माघ ८, बिहीबार, ११: ४४ मा प्रकाशित




जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज वडास्तरमा प्रदर्शन गरिरहेको छ ।

देशभरका ६ हजार ७ सय ४३ वटै वडाहरुमा कांग्रेसले आज विरोध प्रदर्शन गर्न लागेको बताइएको छ ।

आजको प्रदर्शनमा घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई अपील गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ मा संसद विघटन गरेपछि यसविरुद्ध नेकपा ओली समूहबाहेकका राजनीतिक दलहरु निरन्तर विरोध प्रदर्शन गरिरहेका छन् ।

नेपाली कांग्रेसले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्र, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्र तथा माघ ३ गते ७५३ वटै पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top