जनकपुरधाम । सर्लाहीमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
दाङ्गबाट झापाको काँकडभिट्ठा जाँदै गरेको ना. ५ ख. ४४८८ नम्बरको बस आज बिहान चार बजे दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दाङ्गको राप्ती गाउँपालिका वडा नम्बर-५ बस्ने ३६ वर्षीया राजकुमारी चौधरीको घटनास्थलमै मृत्यु भएको छ। त्यस्तै गम्भीर घाइते राप्ती गाउँपालिकाकी २३ वर्षीया निर्मला चौधरीलाई उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।
दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।
तस्बिर : सांकेतिक
प्रतिक्रिया