ताजा समाचार


प्रधानमन्त्री ओलीले नवनिर्वाचित राष्ट्रपति बाइडेनलाई दिए कार्यकाल सफलताको शुभकामना

द रियल समाचार     २०७७ माघ ८, बिहीबार, ००: ४९ मा प्रकाशित




काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेलाई सफल कार्यकालका लागि बधाई तथा शुभकामना दिएका छन् ।

बाइडेनले राष्ट्रपतिको सपथ लिएलगत्तै प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत उनलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले ट्वीटरमा अमेरिका र नेपालबिच पारम्परिक रुपमा न्यानो र मैत्रीपूर्ण सम्बन्धलाई अझ् सुदृढ पार्दै सँगसँगै काम गर्न चाहेको इच्छा व्यक्त गरेका छन् ।

बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएलगत्तै उनलाई विश्वभरका राष्ट्रप्रमुखहरु शुभकामना दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top