ताजा समाचार


अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा बाइडेनले लिए सपथ

द रियल समाचार     २०७७ माघ ८, बिहीबार, ००: २४ मा प्रकाशित




जनकपुरधाम । राष्ट्रपति जो बाइडेनले अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा पद तथा गोपनियताको सपथ लिएका छन् ।

संसद् भवन (क्यापिटोल हिल) मा ७८ वर्षीय राष्ट्रपति बाइडेनले सपथ लिएका हुन् । यसअघि सन् २००८ देखि २०१६ सम्म उनी अमेरिकाको उपराष्ट्रपति थिए ।

गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरि उनी अमेरिकाको ४६ औं राष्ट्रपति बनेका छन् ।

त्यस्तै उपराष्ट्रपति कमला ह्यारिसले समेत पद तथा गोपनियताको सपथ लिएकी छन् । सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोतोमेयरमार्फत उनले सपथ लिएकी हुन् ।

जमैकन बाबु एवं भारतीय आमाकी छोरी कमला अमेरिकी इतिहासमा उपराष्ट्रपतिमा विजयी हुने पहिलो महिला बनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top