ताजा समाचार


मोटरसाइकल दुर्घटनामा परि १ को मृत्यु, २ घाइते

द रियल समाचार     २०७७ माघ ८, बिहीबार, ००: ०७ मा प्रकाशित




जनकपुरधाम । महोत्तरीमा भएको मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

बुधबार दिउँसो गौशाला नगरपालिका वडा नम्बर-१ स्थित रेल्वे ट्रयाक नजिक ज.१२ प. २७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको बीचमा बसेका धनुषाको धनौजी गाउँपालिका वडा नम्बर-५ बहुअर्वा बस्ने २० वर्षीय नौसाद अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २६ वर्षीय करामद अन्सारी र पछाडि सवार १९ वर्षीय असाद अन्सारी घाइते भएका छन् ।

मृतक अन्सारीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको र घाइतेहरूको स्थानीयस्तरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top