हरारे । जिम्बाब्बेका विदेशमन्त्री सिबुसिसो मोयोको कोरोना संक्रमणका कारण निधन भएको छ ।
संक्रमण पुष्टि भएको एक दिनपछि उनको निधन भएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति तथा मन्त्रिपरिषद्का कार्यवाहक प्रमुख सचिव जर्ज चाराम्बाद्वारा जारी वक्तव्यका अनुसार कोरोनाकै कारणले उनको निधन भएको स्वास्थ्यकर्मीहरुले पुष्टि गरेका छन् । उनका पारिवारिक सदस्यले पनि कोरोनाका कारण उनको निधन भएको बताएका छन् ।
जिम्बाब्बेमा कोरोनाका कारण निधन भएका मन्त्रीमध्ये उनी तेस्रो मन्त्री रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रतिक्रिया