जनकपुरधाम । रौतहटमा २ लाख रुपैयाँ सहित २ जना पक्राउ परेका छन् ।
जिल्लाको राजदेवी नगरपालिका-८ लक्ष्मीपुर सीमाईलाकाबाट २ लाख रुपैयाँ सहित प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको शिवहर ग्राम पञ्चायत-९ का ३१ वर्षीय असरथ मन्सुरी र ३० वर्षीय ओसी मोहमद छन् ।
नेपाल बोर्डर आउट पोष्ट बेलविछुवाबाट खटेको सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा बीआर ३० वाई ५४३७ नम्बरको भारतीय मोटरसाईकलमा सवार उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुबैजनालाई आवश्यक कारवाहीका लागि मोटरसाईकलसहित भन्सार कार्यालय गौरको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया