ताजा समाचार


विदेह नगरपालिकामा डकैति, लाखौँको धनमाल लुटियो

द रियल समाचार     २०७७ माघ ७, बुधबार, ११: २१ मा प्रकाशित




जनकपुरधाम । धनुषामा डाँकाहरुको एक समूहले लाखौँको लुटपाट गरेको छ ।

जिल्लाको विदेह नगरपालिका वडा नम्बर-३ चिकनाका सगमलालको घरमा डेरा गरि बस्ने विजय साहको घरबाट लाखौँको धनमाल लुटिएको प्रहरीले जनाएको छ ।

साहको घरबाट डाँकाहरुले २ लाख नगद, ३ तोला सुन र ४० तोला चाँदी गरि ५ लाख भन्दा बढीको लुटपाट गरि फरार भएको दुहबी प्रहरीचौकीले जनाएको छ ।

जनकपुरधाम घर भई चिकनामा डेरा गरि बस्ने साह विदेह नगरपालिकास्थित तिनकौरिया बजारमा सुनचाँदीको पसल सञ्चालन गरेका छन् ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top