जनकपुरधाम । जनता समाजवादी पार्टीले पूर्वघोषित कार्यक्रम अनुसार आज देशभर प्रदर्शन गर्न लागेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्ध जनता समाजवादी पार्टीले आज देशभर जनसभा गर्न लागेको हो ।
प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर आन्दोलनमा रहेको जसपाले आज देशभर प्रदर्शनका साथै जनसभा समेत आयोजना गर्न लागेको जानकारी दिइएको छ ।
प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक रहेको भन्दै जसपालगायतका दलहरु निरन्तर आन्दोलनमा छ ।
यसपछि भोली नेपाली कांग्रेसले समेत देशभरका ६ हजार ७४० वटै वडाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया