जनकपुरधाम । महोत्तरीमा आगोले जलेर घाइते भएकी एक महिलाको दुई महिनापश्चात मृत्यु भएको छ ।
जिल्लाको मनरासिस्वा नगरपालिका वडा नम्बर-३ सोनौल बस्ने अन्दाजी ३० वर्षीया कञ्चनदेवी महतोको दुई महिनापश्चात उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बच्चालाई लगाउने गाजल दीपमा सेक्ने क्रममा गत मंसिर ८ गते उनको शरीरमा आगो लागेको थियो ।
उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको कञ्चनदेवीको मंगलबार बिहान ८ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए ।
प्रतिक्रिया