विराटनगर । सुनसरीमा भएको सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
जिल्लाको दुहबी-इनरुवा सडकखण्डमा मंगलबार दिउँसो माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जनाको ज्यान गएको हो।
प्रहरीले दिएको जानकारी अनुसार दुहबी नगरपालिका-१० स्थित सडकखण्डमा दुहबीबाट ईनरुवातर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ज ३८६८ नम्बरको माइक्रोबस र दुहवीतर्फ आउँदै गरेको को.३४ प. ४६९४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी इनरुवा-३ बस्ने ४४ वर्षीय बिर्ख मण्डल र माइक्रोबसका सहचालक सप्तरीको राजविराज नगरपालिका-१ का २२ वर्षीय शंकर यादव रहेका छन् । त्यस्तै अर्का मृतकको पहिचान खुल्न सकेको छैन ।
सो दुर्घटनामा परि १० जना सामान्य घाइते भएका छन् । घाइतेहरुको स्थानीय जीवनज्योति मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया