जनकपुरधाम । धनुषा, महोत्तरी लगायत तराईका जिल्लाहरुमा शीतलहर बढैसँगै जनजिवन प्रभावित बनेको छ ।
चिसो र शीतलहरका कारण जनजिवन प्रभावित बनेपनि स्थानीय सरकारले यसबाट नागरिकलाई बचाउन अहिलेसम्म कुनै पहल गरेको देखिएको छैन् ।
जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय दाउरा वितरण लगायतका कार्य नगरि मुखदर्शक बनेको देखेपछि एकजना वडाअध्यक्षले आफ्नो व्यक्तिगत खर्चमा आफ्नो वडामा दाउरा वितरण गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले आज (मंगलबार) ट्रयाक्टरमा ३० क्विन्टल दाउरा लोड गरि स्वयं ट्रयाक्टर चलाएर आफ्नो वडाको बिभिन्न स्थानमा घुमेर दाउराको प्रवन्ध मिलाएका छन् ।
वडाध्यक्ष साहले भने,‘दिनानुदिन चिसो बढिरहेको छ । स्थानीय सरकारका प्रमुखले चिसोबाट नागरिकलाई कसरी जोगाउने भन्ने बिषयमा अहिलेसम्म छलफलका लागि हामीलाई बोलाएका छैनन् । उनी आफु अनुकूल काम गरिरहेका छन् । त्यसैले बाध्य भएर आफ्नो वडाको बिभिन्न स्थानमा गरि ३० क्विन्टल दाउरा वितरण गरेको छु ।’
चिसो र शीतलहर बढैसँगै धनुषा, महोत्तरीलगायतका जिल्लाहरूको जनजिवन नराम्ररी प्रभावित भएको छ ।
तस्बिरहरु : वडाध्यक्ष जानकीराम साहको फेसबुक वालबाट
प्रतिक्रिया