ताजा समाचार


अध्यक्ष यादवलाई ट्रयाकमा ल्याउन जसपा भित्र संघर्ष समिति गठन

द रियल समाचार     २०७७ माघ ६, मंगलवार, १३: १३ मा प्रकाशित




जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै पार्टी भित्रका नेता कार्यकर्तालाई उपेक्षा गरेको भन्दै संघर्ष समिति गठन गरिएको छ ।

अध्यक्ष यादवलाई ट्रयाकमा ल्याउन धनुषा क्षेत्र नं.२ मा संघर्ष समिति गठन गरिएको हो ।

नेता यादवले क्षेत्र नम्बर २ लाई उपेक्षा गरि जनप्रतिनिधिको समेत मानर्मदन गरेको आरोप लगाइएको छ ।

नवगठित संघर्ष समितिमा किशोरी यादव, इन्दु नारायण मण्डल, पवन कुमार मण्डल, रामचन्द्र चोरवार, दिव्या देवी दास, सरोज कुमार मण्डल, प्रमोद कुमार मण्डल र मनोज कुमार दास रहेका छन् ।

आफुहरुले पार्टी र शहिदको बलिदानीलाई जोगाउनका लागि संघर्ष समिति गठन गरेको उनीहरुले बताए । समितिमा धनुषा क्षेत्र नं.२ का विभिन्न स्थानिय तहका ८ जनालाई चयन गरिएको बताइएको छ ।

अध्यक्ष यादवले पार्टीका नेता कार्यकर्तालाई अवहेलना गरे उनलाई जवाफ दिन र सहि ट्रयाकमा ल्याउन समिति केन्द्रित रहने जनाईएको छ ।

तस्बिर : सिबेन्द्र रोहिता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top