एजेन्सी । भारतको गुजरातमा सडक दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ ।
गुजरातस्थित सूरतको कोसाम्बा नजिकै सोमबार राती सड़क किनारमा सुतिरहेका मजदुरहरुलाई ट्रकले कुल्चदा १३ जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार ति सबै मजदुरहरु राजस्थानको बांसवाड़ा जिल्लास्थित कुशलगढ़का थिए ।
सूतरस्थित कामराज डिभिज़नका डिप्टी सुपरिटेन्डेन्ट सीएम जडेजाले दिएको जानकारी अनुसार सो ट्रक उखु लोड गरिएको एक ट्रयाक्टरसँग ठक्कर खाँदा ट्रक अनियन्त्रित भई फुटपाथमा सुतिरहेका मजदुरहरुमाथि चढेका थिए ।
घटना हुँदा फुटपाथमा १८ जना सुतिरहेका थिए जसमध्ये घटनास्थलमै १२ जनाको मृत्यु भयो । दुर्घटनामा परि अन्य ६ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई नजिककै अस्पतालमा भर्ना गरिएको छ ।
यसैबिच प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै मृतकको परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट २ लाख रुपैयाँ सहायता राशि दिने घोषणा समेत गरेका छन् । त्यस्तै घाइतेहरुलाई समेत उपचारका लागि ५० हजार रुपैयाँ उपलब्ध गराईने छ ।
उता, गुजरातका मुख्यमन्त्री विजय रूपाणीले पनि मृतकको परिवारलाई सरकारले २ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।
राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले समेत घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
प्रतिक्रिया