जनकपुरधाम । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यबृद्धि गरेको छ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/ दुई रूपैयाँको दरले मूल्य बढाएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए । सोमबार राति १२ बजेबाट उक्त मूल्य लागू हुने प्रवक्ता उपाध्ययले बताए ।
मूल्यबृद्धिसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य समान ९३ रुपैयाँ पुगेको छ ।
हवाई ईन्धन र एलपी ग्यासको मूल्य भने यथावत नै रहेको छ ।
प्रतिक्रिया