जनकपुरधाम । बलिदानी दिवसको अवसरमा जनकपुरधाममा दीप प्रज्वलन गरि मधेशी शहिदहरुको सम्झनामा श्रद्धाञ्जली सभा मनाइएको छ ।
मधेश आन्दोलनमा शहादत प्राप्त गरेका मधेशी शहिदहरुको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन आयोजना हुने बलिदानी दिवसको अवसरमा जनता समाजवादी पार्टी नेपाल निकट विद्यार्थी संगठनले स्थानीय रामानन्दचोकमा आज साँझ दीप प्रज्वलन गरि शहिदहरुको श्रद्धाञ्जली सभा मनाएको हो ।
जसपा निकट विद्यार्थी संगठनका नेता सुरेन्द्र यादव र रितेश रायको नेतृत्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथी जसपा नेपालका जिल्ला अध्यक्ष ज्ञानेन्द्र झा ज्ञानुले मधेश आन्दोलनताका शहादत प्राप्त गरेका शहिदहरुकै बलिदानीबाट देश अहिले संघियतामा गएको धारणा राखे । उनले शहिद परिवारको सम्पुर्ण जिम्मा प्रदेश सरकारलाई लिन समेत आग्रह गरे ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य लालबाबु साह, महाशंकर ठाकुर, युवाका प्रदेश सचिव कमलेश यादव, बिद्यार्थी नेता दिनेश यादव, सरोज यादव, रोशन साह, युवा नेता रोशन राउतलगायत युवा, विद्यार्थी, नागरिक समाजको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया