ताजा समाचार


अमेरिकी राष्ट्रपति ट्रम्पले २० जनवरीमा ह्वाइट हाउस छोड्ने

द रियल समाचार     २०७७ माघ ३, शनिबार, १६: ३२ मा प्रकाशित




जनकपुरधाम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार (२० जनवरी) मा ह्वाइट हाउस छोड्ने तयारी गरेका छन् । २० जनवरीमा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले संसद् भवनमा सपथ लिने छन् र ह्वाइट हाउस प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

सत्ता हस्तान्तरणको योजनासँग सम्बन्धित एक व्यक्तिले बुधबार बिहानै ट्रम्प ह्वाइट हाउस छोड्ने तयारी गरिरहेको बताएका हुन् । ट्रम्प राष्ट्रपतिमा विजयी भएका जो बाइडेनलाई अहिलेसम्म बधाई दिएका छैनन् । बाइडेनको सपथमा पनि उपस्थित नहुने जानकारी ट्रम्पले दिइसकेका छन् । यद्यपी, शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्ने घोषणा भने गरिसकेका छन् ।

त्यस्तै, वर्तमान उपराष्ट्रपति माइक पेन्सले भावी उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् । उनले फोनमार्फत बधाई दिएका हुन् ।
पेन्सले आवश्यक परेमा कुनै पनि सहयोग गर्न आफु तयार रहेकोसमेत बताएका छन् । चुनावको नतिजा सार्वजनिक भएपछि पेन्स र कमलाबीच पहिलो पटक टेलिफोन वार्ता भएको हो । यसअघि जो बाइडेनको सपथ समारोहका लागि बिहीबार रिहर्सल गर्ने कार्यक्रम थियो ।
तर, यो पूर्वाभ्यास रद्द गरिएको छ । अहिले संसद् भवन सुरक्षा बलको जिम्मामा छ । ट्रम्प समर्थकहरुले प्रदर्शन गर्न सक्ने आशंकासहित २५ हजार नेशनल गार्डस् अमेरिकाको राजाधानीमा तैनाथ छ ।

सुरक्षा खतराकै कारण व्हाइट हाउस र वरपरका स्मारकहरुमा आम मानिसहरुलाई प्रवेश निषेध गरिएको छ । २१ जनवरीदेखि सर्वसाधारण लागि खुल्ला हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top