ताजा समाचार


इन्डोनेसियाको भूकम्पमा परि मृत्यु हुनेको संख्या ४२ पुग्यो

द रियल समाचार     २०७७ माघ ३, शनिबार, १६: २६ मा प्रकाशित




जनकपुरधाम । इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या ४२ पुगेको छ । ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्पपछि भत्किएका संरचनामा मृत्यु हुनेको संख्या ४२ पुगेको बीबीसीले जनाएको छ ।

भूकम्पले एउटा अस्पताल र कयौँ भवनहरू भत्किएका छन् । भूकम्पका कारण सयौँ मानिस घाइते भएका छन् भने हजारौँ विस्थापित भएका छन् ।

विनाशकारी भूकम्प र सुनामीका कारण इन्डोनेशिया प्रभावित हुने गरेको छ । सन् २०१८ मा सुलावेसीमा भूकम्पका कारण २ हजार जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top