ताजा समाचार


भारतमा आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु

द रियल समाचार     २०७७ माघ ३, शनिबार, १६: २२ मा प्रकाशित




नयाँ दिल्ली । भारतमा आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । केरलको त्रिशुरमा सन् गत वर्ष जनवरी ३० मा भारतमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको थियो । यो एक वर्षवीचमा भारतमा संक्रमितको संख्या एक करोड नाघिसकेको छ ।

आईसीएमआर (इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च) का पूर्व निर्देशक एके गांगुली भन्छन्, ‘यो लामो लडाइँको पहिलो उपलब्धि हो । जससँग भारतको आर्थिक पुनरुत्थानको आशा गाँसिएकोे छ । ’ सेप्टेम्बरमा भारत कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित थियो। त्यसबेला संक्रमितको संख्या दैनिक करिब एक लाख पुगिरहेको थियो। सबभन्दा धेरै १६ सेप्टेम्बरमा ९७ हजार ८९४ नयाँ संक्रमित भेटिएका थिए । १६ जुलाई देखि १५ सेप्टेम्बरको बीचमा भारतमा ४० लाख मानिसमा कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि कोरोनाका नयाँ संक्रमितको संख्या घट्न थाल्यो ।

गांगुली भन्छन्, ‘भ्याक्सिन बनाउन हामी सफल भयौं । तर यो लडाइँमा भ्याक्सिन पहिलो सुरक्षात्मक लाइन मात्र हो। हर्ड इम्युनिटी विकास गर्ने हो भने हामीले ६० देखि ७० करोड मानिसलाई भ्याक्सिन दिनुपर्ने छ ।’ करिब ७० करोड मानिसलाई भ्याक्सिन दिन एक अर्ब डोज भ्याक्सिन चाहिन्छ ।

भारतले अहिलेसम्म आफ्नै उत्पादन कोभिसिल्डलाई मात्रै प्रयोगको अनूमति दिएको छ। जोनसन एन्ड जोनसन र फाइजरको भ्याक्सिनले पनि चाँडै अनुमति पाउने गांगुली बताउँछन् ।
–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top