जनकपुरधाम । मैथिली कला क्षेत्रका बहुचर्चित नाम बि.एन. पटेलले आफ्नो दर्शक एवं स्रोताहरुका लागि समय–समयमा समाजमा घटिरहेको विभिन्न घटनाहरुलाई नाटक अथवा भिडियो मार्फत प्रस्तुत गर्दे आइरहेका छन् ।
उनी यसपाली पनि केही अलग किसिमको प्रस्तुतिको साथमा आएका छन् । मैथिली समाजमा वर्तमानमा बृद्ध र युवा बिचकोे सम्बन्धलाई निर्देशक पटेलले मैथिली चलचित्र ‘बृद्धा पेन्शन’ मा जस्ताको त्यस्तै चित्रण गरेका छन् । यस सिनेमाको कथा, पटकथा, गीत र निर्देशन समेतको जिम्मा बि.एन. पटेलले लिएका छन् । मिथिलाञ्चलको चर्चित गायक भागवत मण्डल, ललित कामत र ममता राजको स्वरमा सजेको सुमधुर गीतमा संगीत रोहित प्रमोदको रहेको छ ।
यस सिनेमामा कलाकार बि.एन. पटेल, रिना यादव, प्रदिप महतो, ज्योती झा, राजन पटेल, माही खान, बद्री राउत, कौशल्या ठाकुर, दुर्गा देवी, राजु सर्राफ, अजय यादव, सन्तोष लगायतकाहरुको अभिनय रहेको छ । छायांकन गजेन्द्र गज्जू, ड्रोन क्यामरा राजु सर्राफ र शिव थारूको रहेको छ भने नृत्य निर्देशन निरज चौधरीले गरेका छन् । त्यस्तै प्रोडक्सन म्यानेजर भागचरण यादव रहेका छन् ।
मैथिली सिनेमा ‘बृद्धा पेन्शन’ केही ठाउ“मा च्यारिटीको रुपमा प्रदर्शन भएपनि केही दिनपछि हलमा पनि रिलिज गर्ने निर्देशक पटेलले जानकारी दिए ।
प्रतिक्रिया