जनकपुरधाम । ‘योग गरौं डटेर, कोभिड जान्छ हटेर’ भन्ने मूल नाराका साथ जनकपुर आयुर्वेद औषधालयले जनकपुरधाममा छैठौं राष्ट्रिय योग दिवस मनाएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको अध्यक्षता एवं प्रदेशसभा सदस्य रामअशिष यादवको प्रमुख आतिथ्यमा योग दिवस मनाइएको आयुर्वेद औषधालय जनकपुरकी प्रमुख डा. सिमा झाले जानकारी दिईन् ।
कार्यक्रममा प्रदेशसभा सदस्य यादवले निरोग रहन योगको नितान्त आवश्यकता रहेकोले यसका लागि पर्यावरण संरक्षणमा जोड दिन आग्रह गरे । उनले आफुहरु यस कार्यमा अनवरत लागिरहेपनि आगामी दिनमा जनस्तरबाट समेत पर्यावरण संरक्षणमा जुट्न आह्वान गरे ।
पर्यावरण अभियानी सुरेश शर्माले योगको खास अर्थ शरिरलाई स्वस्थ्य राख्न शरिर भित्रको प्रदुषित वायु बाहिर फाल्नु र बाहिरको स्वच्छ वायु अक्सिजन लिनु रहेको हुँदा स्वच्छ वायु अक्सिजनको कमी हुन नदिन ब्यापक रुपमा विरुवा रोपण अभियान संचालन गर्नपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका सभापति रामदेव बनरैत यादव, प्रहरी उपरिक्षक प्रकाश रानाभाट, योगगुरु मनोहर साह, बिमल पण्डित, सुरेश यादव, वडा नम्बर–१४ का वडाध्यक्ष पुण्य प्रताप यादव लगायत योग र आयुर्वेदसँग सम्बन्धित गुरू, साधक साधिका एवं समाजसेवीहरुको समेत उपस्थिति रहेको थियो ।
तस्बिर सौजन्य : सुरेश शर्मा
प्रतिक्रिया