–प्रमोद कुमार साह
जनकपुरधाम । मधेशको मुटु मानिएको चुरे वन माशिने क्रम दिनप्रतिदिन बढदै जानु र खोलाहरु प्रत्यक्ष रुपमा उत्खनन भइरहदा पनि सम्वन्धित निकाय मौन देखिएको छ ।
प्रदेशका आठवटै जिल्लामा वन माशिने क्रम जारी रहेको छ भने नदिको दोहन समेत जारी रहेको छ । धनुषाको चारनाथ, सिरहा जिल्लाको बनमा मारुती सिमेन्ट उद्योगका संचालक अनुज राठी र मनोज गोयलले अनाधिकृत रुपमा कब्जा ,रौतहट जिल्लाको विजयपुर फतुवा नगरपालिकामा सागरनाथ वन विकास परियोजनाको २ सय हेक्टर जग्गा कब्जा, विपि पुष्पलाल सामुदायिक वन रौतहटको एक सय हेक्टर अतिक्रमण, सलार्ही जिल्लाको बाँके खोला र बाग्मती खोलामा भइरहेका मापदण्ड विपरितको उत्खनन, लखन्देही खोलामा मापदण्ड विपरित भइरहेको उत्खनन, महोत्तरी जिल्लाको रम्तेल डांडाको बनको रुख कटान लगायतका विनाशक्रम प्रत्यक्ष रुपमा भइरहँदा पनि प्रदेश सरकार मुखदर्शक बनेर बसेको छ ।
चुरे माशिएपछि मधेश मरुभुमी बन्ने खतरालाई मध्यनजर गर्दै चुरे तथा वनजंगल संरक्षण अभियानले विनाशक्रम रोक्नका लागि वर्षौदेखि अभियान नै चलाएको छ । वर्दिवासमा मुख्यमन्त्री लालबाबु राउतको अगाडीमा अभियानले प्रर्दशन गरेपछि छानविनका लागि यथाशिघ्र पहल गर्ने प्रतिवद्धता जनाएपनि अहिलेसम्म कुनै पहल भएको देखिएको छैन । यता चुरे तथा वनजंगल सरक्षण लगायतको माग राखी चुरे तथा वन जंगल संरक्षण अभियानले पुनः आन्दोलनको घोषणा गरेको छ ।
यस भन्दा पहिले घोषणा गरिएको पुस ७ गतेदेखिको चरणवद्ध आन्दोलन मुलुकमा व्याप्त राजनीतिक खिचातानीका कारण आफ्नो आवाज समबन्धित पक्षसम्म नपुग्ने भन्दै स्थगित गरिएको थियो । अब अभियानले भने माघ ६ गते प्रदेश २ को मुख्यमन्त्री कार्यालय घेर्ने भएको छ । माघ ६ गते मुख्यमन्त्री कार्यालय अगाडी विरोध प्रर्दशन गर्ने भएको छ भने माघ ८ गते रौतहटको गौर, माघ ९ गते सलार्हीको मलंगवा, माघ ११ गते महोत्तरीको जलेश्वर, माघ १३ गते सिरहामा र माघ १७ गते विरगंजमा विरोध प्रर्दशन गर्ने भएको छ ।
अभियानले महोत्तरी जिल्लाका बनका डिएफओे हेमन्त साहमाथि मुद्दा चलाउन समेत माग गरेको छ । वन प्रमुख साहले महोतरीको रम्तेल डाँडा सामुदायिक वनको ४ सय रुख अनाधिकृत रुपमा तस्करसंग मिलेर कटान गरेको समेत आरोप अभियानले लगाएको छ ।
प्रतिक्रिया