ताजा समाचार


माघे संक्रान्तिको अवसरमा अंगराज सरको डिलमा खिचडी भोजको आयोजना

द रियल समाचार     २०७७ माघ १, बिहीबार, १५: ३० मा प्रकाशित




जनकपुरधाम । जानकीचोकका स्थानीय युवाहरुद्धारा माघे संक्रान्तिको अवसरमा प्रत्येक वर्ष झैं यसवर्ष पनि आज जनकपुरधामस्थित अंगराज सरको डिलमा खिचडी भोजको आयोजना गरिएको छ ।

भाईचारा र संस्कृतिलाई जोगाउनका लागि विगत ९ बर्षदेखि यस भोजको आयोजन हुँदै आएको युवा अभियन्ता सुशील कर्णले बताए । जानकीचोकमा आयोजित यो खिचडी भोज मिथिला संस्कृतिमा सम्बन्ध विस्तारको अटुट माध्यम रहेकोले यसलाई आगामी वर्षमा पनि निरन्तरता दिनुपर्ने स्थानीय विरेन्द्र कर्णले बताए ।

भोजमा खिचडी, पापड, अचार, दही, चिनी, घ्यूसहितको परिकारको व्यवस्था गरिएको थियो । भोजमा विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यापारी, स्थानीयबासी, सञ्चारकर्मी तथा समाजसेवीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top