ताजा समाचार


प्रचण्ड–माधव समूहका विद्यार्थी नेताहरुले उपप्रधानमन्त्री सहित ३ मन्त्रीलाई देखाए कालो झण्डा

द रियल समाचार     २०७७ पुष २८, मंगलवार, १८: ३७ मा प्रकाशित




जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने क्रम बढेको छ । नेकपा पार्टी विभाजित भएपछि ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुलाई ठाउँ ठाउँमा दिनहुँ कालो झण्डा देखाईदै आएको छ ।

सोही क्रममा आज दिउँसो सर्लाहीमा उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीन जना मन्त्रीलाई कालो झण्डा देखाइएको छ । प्रचण्ड–माधव नेपाल समूहका विद्यार्थी नेताहरुले सर्लाहीको मंगलवामा आयोजित सभामा जाने क्रममा मंगलबार दिउँसो नवलपुरमा कालो झण्डा देखाएका हुन् ।

पोखरेलसहित कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री प्रभु साहलाई कालो झण्डा देखाइएको नकेपाको विद्यार्थी संगठन अखिलकी नेतृ आरती लामाले जानकारी दिएकी हुन् । ‘संसद् विघटन गर्ने सरकारका प्रधानमन्त्री र मन्त्रीहरुलाई सबैतिर कालो झण्डा देखाउने कार्यक्रम छ’, लामाले भनिन् ।

यसअघि बारामा समेत उपप्रधानमन्त्री इश्वर पोखरेललाई अखिलका नेताहरुले कालो झण्डा देखाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top