जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका कार्यकर्ताहरुले जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई जनकपुरमा कालो झण्डा देखाएका छन् ।
केहि दिन अघि मात्र नेकपा ओली समुहमा प्रवेश गरेका युवाहरु मुञ्जय राउत र प्रदिप मुखियाले जसपा नेता महतोलाई कालो झण्डा देखाएका हुन् । आफुलाई मधेशवादी भनाउने नेताहरुले मधेसी शहिदसँग खेलवाड गरेको आरोप लगाउँदै स्थानीय भानुचोकमा आफुहरुले उनलाई कालो झण्डा देखाई बिरोध जनाएको नेकपा ओली समूहका कार्यकर्ता प्रदिप मुखियाले बताए ।
जसपाले आयोजना गरेको बिरोधसभामा सहभागी हुन जाने क्रमममा महतोलाई भानुचोकमा कालो झण्डा देखाईएको हो । नेता महतोले मधेसी शहिदको परिवारलाई ५० लाख रुपैयाँ दिने घोषणा गरेपनि अझै कार्यान्वयन नगरेको भन्दै उनलाई कालो झण्डाको सामना गर्नुपरेको मुखियाको भनाई छ । कालो झण्डा देखाउने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेको केहीबेरमै उनीहरु रिहा भएका छन् ।
प्रतिक्रिया