ताजा समाचार


शहिद पत्रकार उमा सिंहको १२ औं स्मृति दिवस मनाइँदै

द रियल समाचार     २०७७ पुष २७, सोमबार, १२: २६ मा प्रकाशित




जनकपुरधाम । शहिद पत्रकार उमा सिंहको आज १२ औं स्मृति दिवस मनाइँदै छ । २०६५ साल पुष २७ गते साँझ जनकपुरधामको रजौलस्थित डेरामा उनको निर्मतापूर्वक अत्या गरिएको थियो । गोविन्द कार्कीको घरमा डेरा लिएर बस्दै आएकी उनलाई एक समूहले हत्या गरेको थियो ।

सिंहलाई उनकै भाउजू ललिता सिंहले आर्थिक प्रलोभनमा हत्या गराएको ठहर छ । पत्रकार सिंहको १२ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

स्वर्गीय पत्रकार सिंहको स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले आज साँझ दीप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गर्नेछ भने क्रियाशील पत्रकार महिला धनुषाले समेत साँझ ५ बजे जानकी मन्दिरको प्राङ्गणमा श्रद्धाञ्जली सभाको आयोजना गर्न लागेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top