जनकपुरधाम । हिन्दू राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार जनकपुरमा मोटरसाइकल रैली निकालेको छ ।
स्थानीय रेल्वे स्टेशनबाट सयौंको संख्यामा सुरु भएको रैली भानुचोक, शिवचोक, जनकचोक, रामचोक, मुरलीचोक, कदमचोक हुँदै पुनः जनकचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
कोणसभामा राप्रपाका नेताहरुले विभिन्न देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले नेपाललाई धर्मनिरपेक्ष कायम गराउन चलखेल गरेको आरोप लगाउँदै मुलुकमा राजसंस्था पुनस्र्थापनाका साथै पुनः हिन्दू राष्ट्र कायम हुनुपर्ने माग गरे ।
रैलीमा राप्रपाका केन्द्रिय सदस्यहरु मनोज प्रताप मल्ल, श्रवण कुमार झा, नथुनीलाल दास, प्रमोद गोयनका, राजकुमारी साह, ज्ञानेन्द्र कुमार साह, रामनरेश यादव, जिल्ला अध्यक्ष रामचन्द्र यादव, सचिव कमलेश कुमार मण्डललगायतका नेताहरु सहभागी भएका थिए ।
राप्रपाले राजसंस्था पुनस्र्थापना एवं हिन्दु राष्ट्रको माग गर्दै विभिन्न विरोधका कार्यक्रमहरु गर्दै आएको छ ।
साभार : द नेपालटप डटकम
प्रतिक्रिया