ताजा समाचार


तलवभत्ता माग्दै आइसोलेसनका कर्मचारीहरु आन्दोलित

द रियल समाचार     २०७७ पुष २६, आईतवार, १६: २३ मा प्रकाशित




जनकपुरधाम । कोरोना संक्रमितको उपचारमा जनकपुरधामस्थित कोरोना विशेष अस्पतालमा खटेका करार सेवाका कर्मचारीहरुले तलबभत्ताको माग गर्दै आज (आईतबार) प्रादेशिक अस्पताल परिषरमा धर्ना दिएका छन् ।

संक्रमितको उपचारमा जेठ महिनादेखि नै काम गर्दै आएका चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मीहरुलाई अहिलेसम्म तलबभत्ता नदिएको भन्दै प्रादेशिक अस्पताल परिषरमा उनीहरुले धर्ना दिएका हुन् । अस्पतालको सेवा प्रभावित नहुने गरि विगत ५ महिनाको भत्ता र १ महिनाको तलब यथाशिघ्र उपलब्ध गराउनुपर्ने माग गर्दै आफुहरुले बाध्यताबस आज धर्ना दिएको कर्मचारीहरुले बताए ।

तलबभत्ता भुक्तानी नै नगरि आफूहरुलाई पुष ५ गतेदेखि अस्पताल प्रशासनले काममा आउन रोक लगाएको र बक्यौता रकम माग्दा कुनै सुनुवाई नगरिएकोले धर्नामा बसेको उनीहरुले बताए । हालसम्म अस्पतालको सेवामा असर नपर्नेगरि आन्दोलन जारी राखिएको र आगामी दिनमा आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा कर्मचारीहरुबीच छलफल भइरहेको छ ।

कोरोना विशेष अस्पतालमा खटेका चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मीसहित १०२ जना करार सेवाका कर्मचारीहरु आन्दोलनमा छन् ।
साभार : द नेपालटप डटकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top